जेसीज धाराको मेयर न्यौपानेद्धारा उद्घाटन

तनहुँ । जेसीआई ब्यास नगरद्धारा निर्मित जेसीज धाराको ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका छन् ।

ब्यास नगर जेसीजले दमौली बजारमा निर्माण गरेको सार्वजनिक धाराको मंगलबार उद्घाटन गर्दै मेयर न्यौपानेले बटुवा र पैदलयात्रीलाई पानी पिउनको लागि सार्वजनिक धाराले सहयोग पुग्ने बताए । ‘बजारमा एउटा पनि सार्वजनिक धारा नहुँदा पैदलयात्रीलाई किनेर पानी पिउनुपर्ने बाध्यता थियो, तर अव जेसीजले धारा बनाइदिएपछि सहज भएको छ,’ उनले भने ।

बजार क्षेत्रमा सार्वजनिक धारा नभएपछि ब्यास नगर जेसिजले दमौली अस्पतालको प्रवेशद्धारमै धारा निर्माण गरेको हो । बजारमा हिँड्ने पैदलयात्री तथा सर्वसाधारणलाई प्यास मेटाउन सहयोग पुग्ने उदेस्यले जेसीजले धारा निर्माण गरेको अध्यक्ष लक्ष्मीभक्त खनालले बताए । बजार क्षेत्रमा पानी पिउन सार्वजनिक धारा नभएकाले पैदलयात्रीलाई पानी पिउन सहज होस् भन्ने उद्देश्यका साथ धारा निर्माण गरिएको हो ।

विशेष गरी अस्पताल आउने सर्वसाधारण र किनेर पानी पिउन नसक्नेका लागि धारा निर्माणलाई प्राथमिकता दिएको उनले बताए ।

२ लाख लागतमा धारा निर्माण सक्ने लक्ष्य भएपनि करिब ३ लाख खर्च भएको छ । धारा अपांगमैत्री बनाइएको छ भने भक्तपुरे शैलीको कलात्मक छ । त्यस्तै धारा आर्कषक मात्र नभएर सबैलाई पायक पर्ने ठाउँमा निर्माण भएको छ ।

दमौली सदरमुकाम भएर एउटा सार्वजनिक धारा नहुँदा बटुवालाई पानी किनेर खानुपर्ने बाध्यता हटेको जेसीजका अध्यक्ष खनालले बताए । मेयर न्यौपाने र जेसीजका अध्यक्ष खनालले पानी पिएर धाराको उद्घाटन गरेका थिए ।

कमेन्टहरु
Loading...