हिमपातका कारण रसुवाको जनजीवन प्रभावित

रसुवा । रसुवामा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लाको उत्तरी क्षेत्रमा भारी हिमपात भएपछि त्यहाँको जनजीवन कष्टकर बनेको हो । रसुवाको लाङटाङसहित नागथली, गोसाइकुण्ड, गत्लाङ, यार्सा तथा क्यान्जिङ लगायतका स्थानमा भारी मात्रामा हिमपात भएको छ । जनजीवन प्रभावित बनेको भए पनि अन्नबाली सुक्ने तथा भोकमरीमा पर्ने चिन्तामा रहेका किसानहरु भने हिमपात भएसंगै खुसी भएका छन् ।

कमेन्टहरु
Loading...