पोखरा । नायिका सुस्मा कार्कीले पत्रकार उत्सव रसाइली र नायिका स्वेता खड्का बैनी आरती अड्काको विरुद्धमा आफु प्रहरी कार्यलय पुगेको बताएकी छन् ।
लन्डन पबमा पत्रकार रसाइली र नायिका श्वेता खड्काको बैनी आरती खड्काले आफु विरुद्ध दुर्व्यबहार गरेको उनले बताइन् ।
स्वेता ,पति विजेन्द्रको उपस्थितीमा पत्रकार रसाइली आफुबिच भनाभन हुँदा आरतीले पछाडीबाट आएर दुर्व्यबहार गरेको सुस्माले बताइन् ।
नायिका कार्कीले र पत्रकार रसाइलीबिच पहिले देखी नै केही समस्या रहेको खुलाइन् ।
‘मैले केही शेयर गरेपछि मलाई यस्तो नराम्रो लागेको छ उत्सव त्यस्तो प्लिज गर्देउ न भन्दा सुस्मा तिमि पब्लिक फिगर हो तिमिलाई केही हुदैनन् बाबा यस्तो यस्तो भन्ने गर्थे’ ,उनले भनिन् ।
पत्रकार उत्सव रसाइलीले पबमा नायिका कार्कीले विवाद सुरुवात गरेको बताए ।
गन्थनसंग कुरा गर्दै रसाइलीले भने, ‘खासै केही भएको होइन सुस्माबाट म माथी जातीय आक्षेप लगाउने काम भयो र आरतीजीले त्यसको प्रोटेक्ट गर्नुभएको हो’
उनले आफुलाई नायिका कार्कीले ‘कामी’ भनेपछि नायिका स्वेता खड्काको बैनी आरती खड्काले एक झापड हानेको बताए ।