सिनेमा संवादको दोस्रो सेसनः कथामा कल्पना गरेका पात्र पर्दामा हेर्दा प्राविधिकरुपमा कमजोर देखिन्छ

पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको सिनेमा संवाद कार्यक्रमको दास्रो सेसन जारी छ । दोस्रो सेसनमा सिनेमा साहित्यः सम्बन्ध र साझेदारी शीर्षकमा संवाद भइरहेको छ । चलचित्र निर्देशक दिनेश डिसीले सहजीकरण गरिरहेको सेसनमा निर्देशक कलाकार दिपकराज गिरी, साहित्यकार गणेश पौडेल तथा कवि भुपिता वशिष्ठ वक्ताको रुपमा रहेका छन् ।

कार्यक्रममा बोल्दै निर्देशक तथा कलाकार दिपकराज गिरीले आफूले पुस्तक आफूलाई सधै तर्साएको सुनाए । आफू कथा पढ्नेभन्दा सुन्ने र हेर्ने गरेको उनले बताएका छन् । गिरीले झोलामा किताबभन्दा सिनेमा टिकट रहेकाले बाल्यकालमा गुरुबाट पिटाई खाएको विगतलाई सुनाउँदै किताब पढेर सिनेमा हेर्नेभन्दा आफूले सिनेमा हेरेर आएपछि आफ्ना साथीहरुलाई कथा सुनाउने गरेको बताए । पछिल्ला दिनहरुमा साहित्य र सिनेमा जोडिनुपर्छ भन्ने आफुलाई बल्ल महसुस हुँदै आएको उनको भनाई छ । पुस्तक नपढी हेरेको सिनेमा झोलाले आफ्नो मन छोएको सुनाउँदै वायोपिक सिनेमा आफ्नो रुचि रहेको गिरीले बताएका छन् ।

त्यस्तै साहित्यकार गणेश पौडेलले अक्षरलाई पर्दामा प्रतिविम्बित गर्दा किताब पढ्दाको चित्रलाई चलचित्रका निर्देशकले कसरी प्रस्तुत गर्छन् भन्ने महत्वपूर्ण हुने बताएका छन् । उनले नचलेका किताबमाथि बनेका सिनेमा चर्चित भइरहँदा सफल भनिएका किताबमा बनेका सिनेमा फ्लफ भएको सन्दर्भलाई जोड्दै सिनेम्याटिक ट्रान्सलेटको पाटोले नै किताबमाथि बनेका फिल्मको सफलता र असफलतालाई केही हदसम्म निर्धारण गर्ने भनाई राखे । समिक्षकको आँखाबाट सिनेमा हेर्दा र दर्शकको आँखाबाट हेर्दा कथा प्रस्तुती फरकपन आउने उनले बताए ।

कार्यक्रममा छन्द कवि भुपिता वशिष्ठले कथामा कल्पना गरेका पात्र पर्दामा हेर्दा प्राविधिक रुपमा कमजोर देखिने अनुभव सुनाइन् । नेपाली साहित्यमाथि बनेका सिनेमाले प्राविधिक रुपमा किताबको रस, अनुभवलाई उतार्न नसकेको उनको भनाई छ । नपालमा करिब २ दर्जन साहित्यिक रचनामा सिनेमा बनेका छन् ।

कमेन्टहरु
Loading...