लुकाएर गरिएको गाँजा खेतीमा प्रहरी पसेपछि ….

तस्बिरः बारा प्रहरी

 

गन्थन डेस्क

बाराको निजगढ अन्तरगत पानीसरा र शक्तिखोलाको कुनामा लगाइएको गाँजा खेती प्रहरीले पत्ता लगाएको छ ।

उक्त क्षेत्रमा १ बिगाहा १० कट्ठा ऐलानी जग्गामा लुकाई छिपाई गरिएको गाँजा खेतीको सुँइको इलाका प्रहरी कार्यालय निजगढले पाएपछि पुरै फँडानी गरेको छ । इलाका प्रहरीले अस्थायी प्रहरी पोष्ट रतनपुरको सहयोगमा गाँजा खेती नष्ट गरेको हो ।

प्रहरीले गाँजा फँडानी गरेपछि सोही स्थानमा आगो बालेर गाँजाको बोटहरु जलाएको छ । यद्यपि, उक्त गाँजा खेति कसले गरेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जिप्रका बाराले जनाएको छ ।

प्रहरीले यस अघि पनि निजगढ नाङ्गेडाँडामा कबिर १ बिगाहा ऐलानी जग्गामा लगाएको गाँजा फँडानी गरी नष्ट पारेको थियो । बारा प्रहरीले पछिल्लो समय गाँजा फँडानी अभियान चलाइरहेको छ ।

 

 

 

कमेन्टहरु
Loading...