विपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको निधन

सुनसरी । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा १ जना कोरोना भाइरस संक्रमितको निधन भएको छ । धनकुटा ४ घर भएकी ७७ वर्षीय महिलाको उपचारका क्रममा कोरोनाबाट आज बिहान ६ बजे निधन भएको हो । उनलाई धनकुटा जिल्ला अस्पतालले गत पुस १४ गते विपी प्रतिष्ठानमा रिफर गरेको थियो । कोरोना भाइरससंग मिल्ने लक्षण देखिएपछि रिफर भएकी उनलाई पुस १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । अस्पताल स्रोतका अनुसार मृतक महिला उच्च रक्तचापबाट पनि पीडित थिइन् ।

कमेन्टहरु
Loading...