काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बाँकेमा १ जनाको निधन भएको छ । जिल्लाको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ की ८० वर्षीय वृद्धा महिलाको कोरोना भाइरस संक्रमणबाट बिहीबार राति साढे ११ बजे ज्यान गएको हो । स्वास्थ्यमा समस्या उत्पन्न भएपछि पुस २६ गते सो अस्पताल भर्ना भएकी उनलाई पुस २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
