उपचार पश्चात् प्रचण्ड पत्नी सीतालाई स्वदेश फर्काइयो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल नेपाल फर्किएकी छिन् । प्रचण्ड पत्नी दाहाललाई पुस २० गते उपचारका लागि भारत लगिएको थियो ।

सीता उपचार पश्चात् बिहीबार नेपाल फर्किएकी हुन् । वंशानुगत पार्किन्सनको जस्तै लक्षण भएको रोगबाट विगत लामो समयदेखि ग्रसित सीताको उपचार भारत लैजानुभन्दा अगाडि समेत नेपालकै मेडिसिटी लगायतका विभिन्न अस्पतालमा भएको थियो ।

सीताको उपचारका लागि छोरीहरु तथा प्रचण्ड नै साथमा भारत पुगेको भए पनि केही दिन पशचात नै प्रचण्ड स्वदेश फर्किएका थिए ।

कमेन्टहरु
Loading...