संचारकर्मी बिना श्रेष्ठको निर्देशनमा ‘न्याय मरेको देश’ गीतको अफिसियल भिडियो सार्वजनिक भएको छ ।
महिलाहरुमा माथी घटेका हिंसाका घटनामा राज्यको मौनता प्रति लक्षित गीतमा शान्ति श्री परियारको स्वर छ । दिनेश मुस्कानको संगीत रहेको गीतलाई राजेश पौडेलले लेखेका हुन् ।
बलात्कार, एसिड आक्रमण र छाउपडी घटनाबाट पीडितको कथालाई देखाइएको गीतको भिडियोमा लक्ष्मी बर्देवा,सुशील पोखरेल,साक्षी लम्साल,पुजन घिमिरे,बासु शाही र अनिता पौडेलले अभिनय गरेका छन् ।
भिडियोको निर्माण रश्मी शाक्यले गरेकी हुन् । उत्तम हुमागाईंले खिचेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् ।