काठमाडौं । पर्वत जाँदै गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।देउवा काठमाडौंबाट पर्वत जाँदै थिए । पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । गोरखाका एसपी सुरेन्द्र गुरुङले मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरेको जानकारी दिए ।