बाँकेमा १३ वर्षीय बालक सहित ३ जनाको कोरोना संक्रमणबाट निधन

बाँके । १३ वर्षीय १ जना बालक सहित बाँकेमा कोरोनासंक्रमणबाट ३ जनाको निधन भएको छ । भेरी अस्पताल तथा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमणबाट ३ जनाको निधन भएको हो ।

नेपालगञ्ज मेडिकल केलजमा उपचारका क्रममा कोरोना भाइरस संक्रमणबाट १३ वर्षीय १ जना बालकले ज्यान गुमाएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ का बासिन्दा मृतक बालक पुस १९ गते स्वास्थ्यमा समस्या देखिएपछि उक्त अस्पतालमा भर्ना भएका थिए । उनलाई पुस २० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

आज बिहान उपचार कै क्रममा उनको पौने ८ बजे निधन भएको हो ।

त्यस्तै सोही अस्पतालमा कन्चरपुरका १ जनाले समे कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । जिल्लाको महेन्द्रनगर ५ का ६० वर्षीय पुरुषले सो अस्पतालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका हुन् । उनको आज बिहान ७ बजेर २० मिनेट जाँदा ज्यान गएको हो । पुस १७ गते स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका उनलाई १८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यता भेरी अस्पतालमा कोरोना भाइरस संक्रमणबाट १ जना पुरुषले ज्यान गुमाएका छन् । उनका सोमबार राति १२ बजेर २५ मिनेट जाँदा ज्यान गएको हो । उनी पृुस ९ गते अस्पताल भर्ना भएका थिए ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी सोही दिन अस्पताल भर्ना भएको बताइएको छ ।

कमेन्टहरु
Loading...