मोटरसाइकलमा सवार अवस्थामा नै बाघले थुतेर लैजाँदा महिला बेपत्ता

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बाघले थुतेर लग्दा १ जना महिला बेपत्ता भएकी छिन् । मोटरसाइकलमा सवार रहेकी ५० वर्षीय नन्दकली थापालाई बाघले मोटरसाइकलबाट नै थुतेर लगेको थियो । कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ५ कौवापुरकी थापालाई उक्त क्षेत्रबाट बाघले मोटरसाइकलबाट नै थुतेर लगेको थियो । उनको अवस्था अझै अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार थापा उनकै २२ वर्षीय छोरा सन्तोष थापाले चलाएको सु.प.प १००८ प. ६८०२ नम्बरको मोटरसाइकलमा थिइन् । छोरो सन्तोषले मोटरसाइकलको स्पीड केही स्लो भएको र उनकी आमालाई मोटरसाइकलमा रहेको बेला बाघले झम्टिएर घिसार्दै लगेको हो । आफ्नी आमालाई बाघले लगेपछि सन्तोषले निकुञ्जका सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

सन्तोषलाई सामान्य चोट लागेको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा सवार रहेको अवस्थामा नै बाघले नन्दकलीलाई बेपत्ता बनाएपछि उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी तथा निकुञ्जको टोली समेत खटिएको छ । खोजीमा टोली खटिएको भएपनि फेदा पार्न भने नसकिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...