कास्कीको अर्मलामा भासिएको अध्ययन टोली काठमाडौ फर्कियो

पुरानै अवस्थामा फर्काउन प्रारम्भिक अध्ययन
सागर राज तिमिल्सिना
पोखरा, ५ पौष/कास्कीको अर्मलामा भासिएको ठुलीबेसी फाँटलाई पुरानै अवस्थामा फर्काउन अतिक्रमित खहरे क्षेत्रलाई पूर्ण रुपमा छाड्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको छ । पानीको निकासलाई पहिलेजस्तै बाहिर निस्कन सक्ने गरि खुला छाड्नु पर्ने अध्ययनमा संलग्न विज्ञले बताए । खहरेलाई अतिक्रमणमुक्त गरेको खण्डमा मात्र अर्मला भासिन रोकिने उनीहरुको भनाई छ । भूमिगत रुपमा बगेको पानीलाई बाहिर फ्याक्न सकेको खण्डमा मात्र भासिने क्रम रोकिने भएकोले त्यसमा सजग हुनुपर्ने उनीहरुको भनाई छ ।

armala pokhara kaski‘खोला मिचेर बनेको खेतको भित्रि खण्डमा पानी अड्केर भासिने क्रम बढेको हो । पानीलाई पहिलेकै ठाउँबाट बग्न दिने हो भने समस्या समाधान हुन्छ’ सरकारद्वारा गठित अध्ययन समितिका एकजना विज्ञले भने, ‘अतिक्रमणले गर्दा पानीको निकास थुनिएको हो । निकास थुन्न भएन ।’ वर्षाैसम्म बगेको पानीको निकास थुनिएपछि भित्रभित्रै पसेर अहिले भासिने समस्या आएको ती विज्ञको भनाई छ । ‘जमिन भित्र पसेको पानीलाई माथिबाटै बग्न दिनुपर्ने हो । तर, अतिक्रमण बढेर भित्रै पस्यो र थुनियो’ उनले भने, ‘अतिक्रमण गरिएको खहरे खोलालाई गाउँलेले छाडिदिनुपर्छ । खोलालाई पुरानै अवस्थामा बग्नेगरि फर्काउन सक्ने हो भने अहिलेको समस्याको समाधान हुन्छ ।’

गाउँको बिचबस्तिबाटै बगेको खहरेलाई अतिक्रमण गरेर खोलाको निशाना नै नरहनेगरि पुरिएको छ । गाउँलेलाई अतिक्रमति क्षेत्रलाई खोल्न विज्ञले सुझाएका छन् । खोला मिचेर निकालेको जग्गा र खेतबाट पुनः पानीलाई निकास दिन सुझाएको ती विज्ञले बताए । त्यसबाहेक पानीको निकासका लागि खनिएको नालिलाई पुरानो खहरेसम्म पु¥याउनुपर्ने पनि उनीहरुको सुझाव छ ।

अध्ययनका लागी पोखरा आएको टोली काठमाडौ फर्किएको छ । केहि दिनको अध्ययनको स्थलगत अध्ययन गरि अन्य अध्ययन काठमाडौबाट गर्ने टोलीले बताएको छ । प्रकोप अध्ययनको लागि गत मंसिर २४ गते गृह मन्त्रालयले गठन गरेको बिषेशज्ञ सहितको ७ सदस्यिय समिति गठन गरेको थियो । समितिले अध्ययन गरि आबश्यक काम कारबाहीको लागि सरकारलाई सिफारिस गर्नेछ ।

भूमिगत जल सिंचाई आयोजनाका प्रमुख रमेश गौतमको संयोजकत्वमा गठत समितिमा सिंचाई बिभागका डा. राजेन्द्र भण्डारी, बसन्त पौडेल, खानी तथा भुगर्भ बिभागका लिलानाथ रिमाल, कुशलानन्दन पोखरेल, जल उत्पन्न प्रकोप नियन्त्रण बिभागका कमल द्धिबेदी सदस्य रहेका छन् । समितिको सदस्य सचिबमा स्थानिय बिकास अधिकारी ईश्वरराज पौडेल छन् ।

कास्कीको अर्मला– १ ठुलीबेशी फाटका ५० भन्दा बढी घरपरिवार प्रकोपबाट पिडित भएको छन् । अहिले सम्म ९० भन्दा बढी भ्वाङ परिसकेका छन् । जमिन भासिने क्रम जारी छ । भूगर्भबिद्हरुको अध्ययन टोलिले सो क्षेत्रलाई १५ बर्ष अघिनै कमजोर भूबनोट क्षेत्रको रुपमा घोषणा गरी ठुला भौतिक संरचना नबनाउन सुझाब दिएको थियो ।

कमेन्टहरु
Loading...