बाँकेमा कोरोनाबाट ३ जनाको निधन

काठमाडौं । बाँकेमा कोरोना भाइरस संक्रमणबाट ३ जनाको ज्यान गएको छ । बर्दियाका १ जना सहित बाँकेमा ३ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।

उपचारका क्रममा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का १ जना पुरुषले ज्यान गुमाएका छन् । ७३ वर्षीय मृतक पुरुषको मंगलबार राति साढे १० बजेको समयमा ज्यान गएको हो । उनी पुस ५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए । उनलाई सोही दिन कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि भेरी अस्पताल लगिएको थियो ।

यस्तै जिल्ला कै ६६ वर्षीय पुरुषले समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का स्थायी बासिन्दा उनको आज बिहान उपचारका क्रममा सैनिक अस्पतालमा ज्यान गएको हो । उनी पुस ७ गते अस्पताल भर्ना भएका थिए ।

यस्तै बर्दियाका ८५ वर्षीय महिलाले पनि कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ की स्थायी बासिन्दा उनको मंगलबार राति साढे १० बजेको समयमा बाँकेमा नै ज्यान गएको हो । पुस १२ गते अस्पताल भर्ना भएकी उनलाई सोही कोरोना संक्रमण पुष्टि भएको थियो ।

कमेन्टहरु
Loading...