सञ्चार सचिवको फोनपछि… पोखरामा हल नखुल्ने

पोखरा । पोखरा स्थित मिडटाउन सिनेमाज् मा फिल्म प्रर्दशन नहुने भएको छ ।

हल संचालक उत्तम द्धाका अनुसार सञ्चार सचिव हरि बस्यालले नेपाल चलचित्र संघका कार्यवहाक अध्यक्ष मघुसुदन प्रधानलाई हल खोल्नेबारे छलफल भैरहेको र  सहमतिमै खोल्ने बातावरण बनाउने भनेका थिए ।

प्रधानले संचालक द्धा लाइ सो कुराको जानकारी गराएपछि आज हुने भनिएको दुइ शो रोकिएको छ ।

‘सञ्चार सचिवले नै फिल्म खोल्नेबारे छलफल भैरहेका वेला हतारमा नखोल्नुस् भनेर आग्रह गरेपछि किन नमान्नु भन्ने लाग्यो’, द्धाले गन्थनसंग भने ।

उनले आज काठमाडौंमा दर्शकहरुको अवस्था हेरेपछि मात्रै हल खोल्ने नखोल्नेबारे निर्णय लिने बताए ।

आजदेखी आमा र सेन्टीभाइरस प्रर्दशनमा आउने तयारी थियो ।

 

कमेन्टहरु
Loading...