बिशेषज्ञको टोलीले अर्मलामा काम गर्दै
गोकुल बानियाँ ÷ पोखरा २ पुष
सरकारका मुख्य सचिब लिलामणी पौडेलले बिशेषज्ञ टोलिको सुझाबको आधारमा कास्कीको अर्मलामा देखिएको प्रकोप ब्यबस्थापन गरिने बताएका छन् । मंगलवार साझ ५ बजे प्रकोप प्रभाबित क्षेत्रमा पुगी स्थलगत अबलोकन गरेका उनले सरकारद्धारा गठित टोलिको सुझाब अनुसार नियन्त्रणको काम गरिने बताए । प्रभाबित क्षेत्रका बासिन्दासंग उनले तत्कालको लागि सरकारी सहयोग आबश्यक परेपनि उपलब्ध गराउने आश्वासन दिएका छन् ।
अध्ययनको लागि अन्तराष्ट्रिय स्तरका बिज्ञ सहितको टोलि ल्याउनु परेपनि सरकार तयार रहेको उनको भनाई छ । अर्मलाको प्रकोप रोकथामको लागि सरकारले कुनैपनि कसुर बाकी नराख्ने उनले स्पष्ट पारे ।‘बैज्ञानिक कारण पत्ता लगाएर दिगो समाधान खोज्ने हो , यसअघि चाहेर रोक्न सक्ने अबस्था थिएन ’ पिडितको बिचमा पौडेलले भने ‘ क्षतिलाई न्यूनिकरण गर्ने र कारण पत्ता लगाएर भबिश्यमा हुने जोखिम रोकथाम गर्ने काम सरकारले गर्नेछ । ’ राहत क्षतिपूर्ति र प्रकोप ब्यबस्थापनको काममा कुनै ढिलाई नहुने उनको दाबि छ ।
प्रकोपबाट क्षति भएका संरचनाको पूर्ण क्षतिपूर्ति सरकारले नबेहोर्ने भन्दै उनले कोहि बिस्थापित भए उनिहरुलाई अत्याबश्यक सामाग्री सहित अस्थायी आबासको ब्यबस्था भने गरिने उल्लेख गरेका छन् । प्रकोपबाट एक परिवार पूर्ण रुपमा बिस्थापित भएको अबस्थामा पौडेलले भने निजि सम्पत्तीको जोखिम सरकारले नबोक्ने र पुरै परिवार पाल्ने जिम्मा लिन नसक्ने अभिब्यक्ति दिएका छन् ।
जमिन भासिएको घटना अध्ययनको लागि सरकारले गठन गरेको बिशेषज्ञ टोलिले मंगलवार भासिएको जमिनको अध्ययन अबलोकन र नाप नक्सांकन सहितको बिबरण संकलन गरेका छन् । भ्याङ परेको स्थानको गहिराई र फैलावाट सहित ईन्जिनियरिङ सम्बन्धि ९० प्रतिशत काम सकिएको टोलिका एक सदस्यले बताए ।
प्रभाबित क्षेत्रको भौगर्भिक अबस्था र संगै बगेको कालि खोलाको गहिराई समेत समाबेश गरी भू–धरातलको सुश्म अध्ययन गरिने बताईएको छ । प्रकोप अध्ययनको लागि गत मंसिर २४ गते गृह मन्त्रालयले बिषेशज्ञ सहितको ७ सदस्यिय समिति गठन गरेको थियो । समितिले एक महिना सम्म स्थलगत अध्ययन अनुगमन गरी आबश्यक काम कारबाहीको लागि सरकारलाई सिफारिस गर्नेछ । समितिलाई प्रभाबित क्षेत्रमा तत्काल गर्नुपर्ने रोकथाम एबं अल्पिकरणका उपायहरु सिफारिस गर्न र जोखिमका क्षेत्रहरु पहिचान गरी सो क्षेत्रमा निषेध गर्नुपर्ने कार्यहरुको साथै प्रबिधि अध्ययन गरी तत्काल गर्नुपर्ने कार्यहरुको बिस्तृत रुपमा परिक्षण गर्नको लागि सिफारिस गर्न भनिएको छ ।
भूमिगत जल सिंचाई आयोजनाका प्रमुख रमेश गौतमको संयोजकत्वमा गठत समितिमा सिंचाई बिभागका डा. राजेन्द्र भण्डारी, बसन्त पौडेल, खानी तथा भुगर्भ बिभागका लिलानाथ रिमाल, कुशलानन्दन पोखरेल, जल उत्पन्न प्रकोप नियन्त्रण बिभागका कमल द्धिबेदी सदस्य रहेका छन् । समितिको सदस्य सचिबमा स्थानिय बिकास अधिकारी ईश्वरराज पौडेल छन् । समितिको सिफारिसको आधारमा सरकारले अर्मलाको प्रकोप ब्यबस्थापनको लागि कार्ययोजना बनाउने बताईएको छ ।
प्रकोपको प्रारम्भिक अबलोकन पछि बिज्ञले दिएको सुझाबको आधारमा स्थानिय निकायले यसअघिनै प्रभाबित क्षेत्रमा स्थायी भौतिक संरचना निर्माणमा रोक लगाईसकेको छ । अर्मला– १ ठुलीबेशी फाटका ५० भन्दा बढी घरपरिवार प्रकोपबाट पिडित भएको गाबिस सचिब रामचन्द्र पौडेलले बताए । अहिले सम्म ९० भन्दा बढी भ्वाङ परिसकेका छन् । जमिन भासिने क्रम जारी छ । भूगर्भबिद्हरुको अध्ययन टोलिले सो क्षेत्रलाई १५ बर्ष अघिनै कमजोर भूबनोट क्षेत्रको रुपमा घोषणा गरी ठुला भौतिक संरचना नबनाउन सुझाब दिएको थियो ।