पोखरा । सत्तारुढ दल नेकपाका युवाहरुले प्रचण्ड र माधव नेपाललाई जेल हाल्ने उद्घोष गरेका छन् ।
प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सर्मथनमा राष्ट्रिय युवा संघ र अनेरास्वबियूले पोखरामा गरेको भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य माधव बाँस्तोलाले केन्टोन्मेन्ट घोटाला र ललितनिवास प्रकरणमा प्रचण्ड र माधव नेपाललाई जेल हाल्ने उद्घोष गरे ।
उनले सबै भ्रष्टचारीहरु जेलमा कोचिने डरले अख्तियार प्रमुख नियुक्ती रोक्न प्रचण्ड माधव समुह लागेको आरोप समेत लगाए ।
पदका लागि कांग्रेससंग मिलेर राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको भन्दै प्रचण्ड माधव समुहलाई मध्यावधी चुनावी मैदानमा आउन उनले चुनौती दिए ।
अनेरास्ववियू कास्की संयोजक विवेक देवाकोटाले पूर्व एमाले संगठन र जुझारु कार्यकर्ताको विरासतलाई जोगाउँदै मध्यावधी निर्वाचनमा लाग्नु पर्ने बताए ।
उनले प्रचण्ड माधव नेपालले आफ्ना भ्रष्टचारको कुकृत्य बाहिर आउने डरले केपी ओली विरुद्ध योजनावद्ध ढंगवाट प्रहार गरिएको भन्दै भ्रष्टचारी उम्कन नपाउने बताए ।
देवकोटाले प्रचण्ड र माधवलाई पूर्व एमाले संगठन विना चुनाव जितेर देखाउन चुनौती दिए ।