काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सर्वदलीय बैठक आज बस्दै छ । दिउँसो ४ बजे बस्ने उक्त बैठकमा प्रतिनिधिसभा विघटन पछि उत्पन्न राजनीतिक परिस्थितिका विषयमा छलफल हुने बताइएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आह्वान गरेको बैठकमा संवैधानिक संकटको सामना कसरी गर्ने, सरकार विरुद्ध कस्तो किसिमको रणनीति बनाउने लगायतको अन्य विषयमा छलफल हुने भएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलका नेताहरु समेत सहभागी हुने भएका छन् ।
