काठमाडौं । संसद विघटन भएपछि नेपालमा राजनीतिक तरंग नै आएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका ७ जना मन्त्रीहरुले एकैपटक सामुहिक राजीनामा दिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उर्जाजलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनः अनन्त, कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल, संस्कृति पर्यटन तथा नागरिक उड्यायनमन्त्री योगेशकुमार भट्टराई, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव तथा खानेपानी मन्त्री बिना मगरले आज एकैपटक सामुहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिएका सबै मन्त्रीहरुले राजनीतिक मुल्य तथा स्थिरता प्रतिकुल हुने गरेर संसद विघटन भएकोप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् । संसद विघटनको विरोघ गर्दै आफूहरुले राजीनामा दिएको उनीहरुले बताएका छन् ।