पर्यटन व्यवसायी महिला संघ अध्यक्षमा रेनु थापा

पोखरा । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)को तेस्रो वार्षिक साधारणसभा एवं दोस्रो अधिवेशनले रेनु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

सङ्घको उपाध्यक्षमा कमला गिरी, महासचिवमा शोभा पाण्डे, सचिवमा प्रभा सुवेदी र कोषाध्यक्षमा शोभा अधिकारी पौडेल रहनुभएको छ ।

सदस्यहरूमा पार्वती पौडेल, ईश्वरी पौडेल, कमला गुरुङ, अनिता खड्का (भट्टराई), शान्ता तिमल्सिना (सुवेदी) र सरिता क्षेत्री रहेका छन् ।

यसअघि साधारणसभा एवं अधिवेशनको उद्घाटन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना कहरका कारण समस्यामा परेको पर्यटनलाई जोगाउनु अहिलेको आवश्यकता भएको बताए ।

व्यवसायलाई दीगो राख्न सरकारले ल्याएको मौद्रिक नीतिको समानुपातिक एवं प्रभावकारी कार्यान्वयन अपरिहार्य भएको उनले उल्लेख गरे।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष विमला भण्डारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल, टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेल, पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष विकल तुलाचन, टेवानका उपाध्यक्ष रेनु थापा, महासचिव कमला गिरीलगायतले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुनःउत्थान गर्नु अहिलेको आवश्यकता भएकामा जोड दिएका थिए ।

कमेन्टहरु
Loading...