विपन्न बर्ग कर्जाको जोखिम हटाउन नयाँ ब्यबस्था

साना ऋणीको जानकारी सहित कर्जा सुचना केन्द्र स्थापनाको तयारी
गोकुल बानियाँ
पोखरा १ पौष/बिपन्न बर्ग कर्जा अन्तर्गत बिभिन्न ब्यबशाय संचालनको लागि एउटै समुहले धेरै बैंक तथा बित्तीय संस्थामार्फत ऋण लिन थालेपछि जोखिममा परेको लगानी बचाउन राष्ट्रबैंकले नया कर्जा सुचना केन्द्र स्थापनाको तयारी गरेको छ । डुब्लिकेशन कारण बिपन्न बर्ग कर्जा अन्तर्गत संचालित लघुबित्त कार्यक्रम अफ्ठ्यारोमा परेको गुनासो आएपछि राष्ट्रबैंकले साना ऋणीहरुको पनि बिबरण राख्न सकिने कर्जा सुचना केन्द्र स्थापनाको पहल थालेको राष्ट्रबैंक पोखराका ब्यबस्थापक ऋषीकेश भट्टले बताए । 

sarjana (4)यसअघि १० लाख रुपैया भन्दा बढी ऋण लिने ठुला ऋणीको सम्पुर्ण जानकारी कर्जा सुचना केन्द« मार्फत लिन सक्ने भएपनि नयाँ ब्यबस्था पछि साना ऋणीको जानकारी सहजै प्राप्त गर्न सकिनेछ । ऋणीले कर्जाको लागि आबेदन दिदा अन्य बित्तिय संस्थाबाट यसअघिनै ऋण लिए÷नलिएको जानकारी नहुदा डुब्लिके्शनको समस्या बढेको थियो । नया ब्यबस्था लागु भएपछि कर्जा प्रक्रियामा देखिएको दोहोरोपन हट्ने र बैंकको लगानीको साथै स्वमं ऋणीलाई समेत सहज हुने अनुमान गरिएको छ ।

प्रचलित ब्यबस्था अनुसार राष्ट्रबैंकले बिपन्न बर्ग कर्जा अन्तर्गत सामुहिक जमानीमा एक हजारदेखि ९० हजार र धितोमा ३ लाख रुपैया सम्मको ऋण दिन सक्ने ब्यबस्था गरेको छ । लघुबित्त कार्यक्रम मार्फत बिपन्न बर्गको जिबनस्तर उकास्न यो कार्यक्रम निकै प्रभाबकारी भएपनि डुब्लिकेशनको समस्याले बैंक तथा स्वयमं ऋणीकै भबिश्य जोखिममा पर्ने सम्बन्धित बैंकका प्रमुखहरुले बताएका छन् ।

बिपन्न बर्ग कर्जा अन्तर्गत पहिले ब्यबशाय गरिसकेकालाई बिस्तारको लागि र केहि पनि नगर्नेलाई नयाँ ब्यबशाय सुरुगर्नको लागि कर्जा प्रबाह गर्ने गरिएको छ । बिशेष गरी ग्रामिण क्षेत्रका बिपन्न बर्गलाई लक्षीत गरी संचालन गरीने यो कार्यक्रम अन्तर्गत कृषी, पशुपालन, साना ब्यापार ब्यबशाय संचालनको लागि ऋण लिनेहरुको संख्या बढी छ । तर ऋणीहरुले भने सामान्य ब्यबशाय संचालनको लागि पनि न्युनतम २ लाख भन्दा बढी लाग्ने भएकाले सामुहिक जमानीमा दिईने ९० हजार कर्जा ज्यादै न्युन रहेको बताएका छन् ।

सामुहिक जमानीमा बिना धितो ऋण दिने भएकाले ब्यबशाय सफल हुन नसके लगानी डुब्न सक्ने आशंका छ । राष्ट्रबैंक पोखराका मुख्य ब्यबस्थापक भट्टका अनुसार कतिपय बैंकले ग्राहक बढाउने नाममा जोखिम मोलेर भएपनि दोहोरो ऋणीमाथि लगानी गरिरहेका छन् । पोखरामा प्रधान कार्यलय रहेका मुक्तिनाथ, गरिमा , सिटी, सांग्रिला लगायतका बिकास बैंकहरुले यसमा अत्याधिक लगानी गरेका छन् । राष्ट्रबैंकको नया निति जारी हुनुअघिनै २०६५ बैंशाखबाट लघुबित्त कारोबार सुरु गरेको मुक्तिनाथ बिकास बैंकले कास्की , स्याङजा र तनहुका एक सय ३१ गाबिसमा २१ ओटा छुट्टै लघुबित्त बिभाग अन्तर्गत सेवा दिईरहेको छ ।

ठुला बैंकको लगानी भन्दा लघुबित्त कारोबार अन्तर्गत बिपन्न बर्गमा गरिएको लगानी प्रभाबकारी भएपनि एउटै समुहमाथि दुई भन्दा बढी बैंकले लगानी गर्दा भबिश्यमा समस्या आईपर्ने प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताएका छन् । राष्ट्रबैंकको मौदि«क निति अनुसार कतियपय बैंकले राष्ट्रबैंकबाट ईजाजत प्राप्त ‘घ’ बर्गका लघुबित्त संस्थाहरुलाई थोक कर्जा दिएर कारोबार संचालन गरिरहेका छन् भने कतिपयले आफ्नै छुट्टै शाखा मार्फत कारोबार संचालन गरिरहेका छन् ।

कमेन्टहरु
Loading...