बरिष्ठ हास्य कलाकार मनोज गजुरेलले सामाजिक संजालमा आफ्ना जीवनमा आघात पुग्ने टिप्पणीहरु गरिएको भन्दै कानुनी उपचारमा लाग्ने बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा गजुरेलले विभिन्न अनलाइन र युट्युवहरुले आफ्नो बारेमा भ्रामक समाचारहरु लेखेको भन्दै आक्रोश पोखेका छन् ।
छुट्टिसकेको सम्बन्धलाई तथ्यहीन तर्कहरु राखेर आफ्नो बेइज्जत र युटुबमा आफ्ना बाल बच्चाहरुको फोटोको दुरुपयोग गरेको भन्दै उनले कानुनी कारबाहीको बाटोमा अगाडी बढ्ने स्पष्ट पारेका छन् ।