तनहुँ संवादाता
प्रहरीले विभिन्न ठाउँबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
विहिबार व्यास नगरपालिका– ११ सेरा स्थित बुल्दीखोला किनारबाट अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् गरी लोड गर्दै गरेको अवस्थामा ग १ त ३४४८ नम्वरको टयाक्टर र ग १ त ४६१७ नम्वरको टयाक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
त्यस्तै म्याग्दे गाउँपालिका– ५ छाङपाटनस्थित निषेधित जग्गामा गिटी वालुवा उत्खनन् गरी लोड गरिरहेको अवस्थामा ग १ त १५५५ नम्वरको टयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विहिबार नै बन्दीपुर गाउँपालिका– ६ मा रहेको नमुना ग्रिट एण्ड क्रसर प्रालिबाट उत्पादित नदिजन्य पदार्थ लोड गरी ओसारपोसार गरेको अवस्थामा ना ७ ख ६१५, ग १ क ४२३८, ग १ ख ९२५३ र बा २ क ५२७६ नम्वरको टिपरलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले बताए । ‘नियन्त्रणमा लिएको टिपरलाई बन्दीपुर गाउँपालिकाको कार्यालयमा पठाइएको छ,’ उनले भने ।