क्यानको लापरबाहि: ग्राहकलाई पाइलट भन्दै प्रतिबन्ध

गन्थन डेक्स । पोखरामा केहि समय अघि भएको प्याराग्लाडिङ पाइलटको निधन भएसँगै प्याराग्लाडिङको छाता संगठन क्यानले छानबिन गर्ने भन्दै आठ जना प्याराग्लाडिङ पाइलटहरुलाई अनिश्चिकालका लागि उडानमा प्रतिबन्ध लगाएको थियो । तर अनुगमनकारी निकायले क्यानले नै पाइलट भन्दै पर्यटकको नाम राखेपछि क्यानको बिश्वासनियतामाथी नै प्रश्न उठेको छ ।

पाइलटले फुल टिप्ने र पानीमा छुने गर्नाले आठ पाइलटलाई प्रतिबन्ध लगाएको भने पनि दुई जना पर्यटकको नाम पनि समाबेश गरिएको हो । सामाजिक संजालका भिडियो र फोटो हेरेर पाइलटलाई प्रतिबन्ध लगाईएको प्रतिबन्धमा परेका पाइलटहरुको गुनासो रहेको छ । प्रतिबन्धमा परेका एक्रोपाइलट सुभाष थापाले भने आँफुले उडान नभरेको डेढ बर्ष भएको बताएका छन् ।

सहिल खान, संग्राम थापा, विशाल थापा, रिखी पोडे, सुवास थापा, एलिस थापा र अञ्जन कुँवरलाई पनि अनिश्चितकालसम्मका लागि उडान गर्न रोक लगाइएको भनिए पनि सहिल खान र अन्जन कुँवर पाइलट नभएर ग्राहक भएको खुल्न आएको छ ।

सहिल खान नेपालका चर्चित इडिटर हुन भने अन्जन कुँवर प्याराग्लाडिङ उड्न आएका ग्राहक हुन । सहिल खानले डकुमेन्ट्री खिच्ने क्रममा खिचेको भिडियो सामाजिक संजालमा राखेका थिए भने कुँवरले पनि सामाजिक संजालमा भिडियो मात्र पोष्ट गरको कारण उनीहरुलाई प्रतिबन्धीत गरेको हो ।

ग्राहकलाई पनि पाइलट भन्दै प्रतिबन्ध लगाएपछि क्यानको व्यबस्थापकिय क्षमतामाथी नै प्रश्न चिन्ह खडा भएको छ । पाइलट र ग्राहकको बिचमा फरक छुट्याउन नसक्ने क्यान प्याराग्लाडिङ क्षेत्रको सुधारको लागि कति गम्भिर छ भन्ने कुरा बुझ्न त्यति गाह्रो छैन ।

कमेन्टहरु
Loading...