काठमाडौं । स्पष्ट वक्ता तथा चर्चित गायक रमेश प्रसार्ई कालीकोटकी समाजसेवी नन्दा सिंहसंग वैवाहिक सम्बन्धमा बाँधिएका छन् ।
रमेश तथा नन्दाले आज धरानमा विवाह गरेका हुन् । उनीहरु विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुको विवाहमा नजिकका आफन्त तथा केही सञ्चारकर्मीको मात्र सहभागिता थियो ।
रमेश स्पष्टा वक्ताका साथमा राम्रो क्यारिकेचर समेत गर्छन् । साथै उनी गायक पनि हुन् । उनले अहिले गाएको गीत ‘रिंकेबुङको राँगो’ अहिले चर्चित छ । यो गीत विभिन्न सामाजिक सञ्जाल तथा टिकटकमा भाइरल भइरहेको छ ।
यसबाहेक उनी समसामयिक विषयहरुमा आफ्नो धारणा राख्ने क्रममा समेत चर्चामा आउने गरेका छन् ।
स्नातक तहसम्म अध्ययन गरेकी नन्दाले काठमाडौंमा ‘अन्तर दृष्टि नेपाल’ बाल आश्रम सञ्चालन गर्छिन् । उनको बालआश्रममा हाल १२ जना बालबालिका रहेका छन् ।