दार्चुलामा ट्रक दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

दार्चुला । दार्चुलामा आइतबार राति ना ३ ख ३४८५ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकका चालक सहित ३ जनाको ज्यान गएको छ । शैलेशिखरको वडा नम्बर ९ गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको ट्रक जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भर्तोला भन्ने ठाउँमा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा बैतडीको दोगडाकेदार ६ का २४ वर्षीय धनसिङ भण्डारी तथा शेर बहादुर कार्कीको ज्यान गएको हो । दुर्घटनामा परेर ज्यान गुमाएका १ जनाको भने सनाखत हुन सकेको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...