काठमाडौं । चर्चित हाँस्य कलाकार मनोज गजुरेल वैवाहिक सम्बन्धमा बाँधिने भएका छन् ।
उनले कोसंग विवाह गर्दै छन् भन्ने खुलेको छैन । तर आफूले विवाह गर्न लागेको कुरा साँचो भएको उनले बताएका छन् । उनले एपी वान टेलिभिजनसंगको कुराकानीका क्रममा आफूले विवाह गर्न लागेको सार्वजनिक गरका छन् ।
उक्त कार्यक्रमको प्रोमो सार्वजनिक भएसंगै उनको दोस्रो विवाहका विषयमा चासो बढेको थियो । कलाकार गजुरेलका अनुसार विवाहका लागि अझै केही महिना लाग्ने छ । घरायसी व्यवहार मिलाएर विवाह गर्ने उनले जानकारी दिएका छन् ।
कलाकार गजुरेलको यो दास्रो विवाह हुने छ । यस अगाडि उनको मीना ढकालसंग विवाह भएको थियो । प्रेम विवाह गरेका मीना तथा मनोजको २०७४ सालमा २२ वर्षपछि डिभोर्स भएको थियो ।
उनीहरुको १ जना छोरी तथा १ जना छोरा रहेका छन् ।