बुटवलमा प्रहरीको पेस्तोल खोसेर गोली प्रहार गर्दा १ जना घाइते

बुटवल । बुटवलको मिलनचोकमा गैंडाको खागका तस्करले प्रहरीको पेस्तोल खोसेर गोली प्रहार गर्दा १ जना घाइते भएका छन् । गोली लागेर घाइते भएका पनि तस्करकै समूहको सदस्य रहेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार मिलनचोक तथा राजमार्ग चौराहको बीचमा रहेको कलश होटलमा गोली चल्दा १ जना घाइते भएका हुन् । घाइतेको चिउडोमा गोली लागेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनको हाल लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

उक्त होटलमा बसेकाहरुले गैंडाको खाग तस्करी गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीको टोली त्यहाँ पुगेको थियो । प्रहरीका अनुसार पेस्तोल खोसिएका प्रहरी भने सकुशल छन् ।

प्रहरीले तस्करका संलग्न २ जनालाई पक्राउ गरेका छन् भने १ जना कोठाको झ्यालबाट भागेको जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...