भरतपुर अस्पतालमा ३० वर्षीय कोरोना संक्रमित महिलाको निधन

चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस संक्रमणबाट १ जनाको निधन भएको छ ।

जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर ८ की ३० वर्षीया महिलाको उपचारका क्रममा आज बिहान साढे ९ बजे निधन भएको हो । ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि मंसिर १४ गते अस्पताल भर्ना भएकी मृतक महिलालाई भालिपल्ट मंसिर १५ गने कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

कमेन्टहरु
Loading...