मादीमा १ तथा पोखरामा १२ सहित कास्कीमा थप १३ जनालाई कोरोना पुष्टि

पोखरा । मादी गाउँपालिकामा १ तथा पोखरामा १२ सहित कास्कीमा थप १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिललो अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रमम कास्कीमा थप १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मादी गाउँपालिका कास्कीमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर १ मा ३१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पोखरा ४ का ३९ वर्षीय तथा ५ का २३ वर्षीय पुरुष र ८ की २९ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा १० मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४० र ५८ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
११ नम्बर वडामा ६१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा १२ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २८ वर्षीय १ जना महिला तथा २५ र २९ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १४ मा ३७ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १६ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३४ र ४६ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

आज बिहान निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार पोखरामा ५८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा ७० तथा मादी गाउँपालिकामा १ सहित कास्कीमा ७१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ४ सय ७९ पुगेको छ ।

कमेन्टहरु
Loading...