कोरोना संक्रमणबाट दाङमा २ जनाको निधन

दाङ । कोरोना भाइरस संक्रमणबाट दाङमा २ जनाको निधन भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का ४५ वर्षीय तथा ८१ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो ।

४५ वर्षीय पुरुषको बिहीबार राति ९ बजे बाँकेस्थित नेपालगञ्जको भेरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई मंसिर ४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै तुलसीपुरकै ८१ वर्षीय वृद्धको पनि बिहीबार राति पौने ११ बजेको समयमा नेपालगञ्ज मेडिकल कलेजमा कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । उनलाई मंसिर १३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

कमेन्टहरु
Loading...