
काठमाडौं । बौद्ध गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीमा बौद्धमा आमा र एक महिने छोरी मृत फेला परेका छन् । बिहीबार बिहान २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिने छोरी मृत फेला परेका हुन् ।
त्यस्तै, उनका ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा अचेत अवस्थामा फेला परेका छन् । उनको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षकले बताए ।
घटनाको प्रारम्भिक अवस्था हेर्दा राति सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
बिहान अबेरसम्म बोलाउँदा पनि कोठाबाट ननिस्किएपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ।