पोखरा /बुधबार नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन कार्यक्रममा नेकपाले अवरोध गरेको थियो भने जिल्ला प्रशासन कार्यालय तनहुँले पौडेललाई निषेधाज्ञा तोड्न लागेको आरोपमा गिरफ्तार गरि छाडेको थियो ।
नेकपाका बरिष्ठ नेतालाई पक्राउ गर्नु लोकतन्त्रको उपहास भएको भन्दै सामाजिक संजालमा चर्को आलोचना भएको थियो । पुल उद्घाटन कार्यक्रम बुधबार सम्पन्न हुन नसके पछि नेपाली काँग्रेसका नेताहरु शंकर भण्डारी र प्रदिप पौडेल पनि आज उद्घाटन कार्यक्रमलाई जुनसुकै हालतमा सफल बनाउने भन्दै तनहुँको सदरमुकाम दमौली बजारमा पुगेका छन् ।
हिजो आफ्नो नेतालाई प्रशासनको आडमा दमन गर्न खोजिएको भन्दै तनहुँ र तनहुँ वरपरबाट नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु दमौलीमा भेला भएका छन् । तनहुँमा अहिले बिभिन्न स्थानबाट दुई हजार बढि नेपाली काँग्रेसका कार्यकर्ता भेला भएका छन् ।
नेपाली काँग्रेसका नेता कार्यकर्ताको संख्या बाक्लिदै गर्दा जिल्ला प्रशासन कार्यलयले प्रहरीको संख्या पनि बढाउँदै लगेको छ । यसैगरि कास्कीमा पनि तरुण दलले कम्युनिष्ट सरकारको सर्वसत्ताबादको बिरुद्धमा बिरोध प्रदर्शन गर्ने जनाएको छ ।