प्रेमी विजयेन्द्रसंग मंसिर २२ मा बिहे गर्दै नायिका श्वेता खड्का

गन्थन डेस्क

नायिका श्वेता खड्काले आफ्ना प्रेमी विजयेन्द्र सिंह रावतंग मंसिर २२ गते विवाह गर्ने भएकी छन् ।

केहि समयदेखि धनगढीका सिंहसंग नायिका खड्का प्रेम सम्बन्धमा रहेकी थिइन् ।

बिहेका लागि नजिकका आफन्त र साथीभाइलाई निम्तो कार्ड समेत वाँडिएको छ ।

बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुने तय भएको छ ।

गत दशैंको दिनमा नायिका खड्का पहिला टिका नै विजयेन्द्रको परिवारसंग लगाउन चितवन आएकी थिइन् । त्यसपछि विजयेन्द्र र श्वेताको फोटो र सम्बन्ध सार्वजनिक भएको थियो ।

धनगढी घर भएका विजयेन्द्र सिंह रावत चितवनमा आधुनिक झ्यालढोकाहरु निर्माण गर्ने भगत मेटलका संचालक हुन् ।

‘कहाँ भेटिएला’बाट डेब्यु गरेकी श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि साउन २५ गते भारतमा उपचारका क्रममा पति श्रीकृष्णको निधन भएको थियो ।

पछिल्लो समय श्वेता कान्छी निर्माण गरिन् भने केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।

कमेन्टहरु
Loading...