कहाँ छिन् दिव्या ?

तनहुँ । गत बुधबारदेखि रातिदेखि सम्पर्कविहीन भएकी युवतीको खोजीमा परिवार लागेको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १३ कि १६ वर्षीया दिव्या विश्वकर्मा विगत ६ दिनदेखि सम्पर्कविहीन छिन् ।

मंसिर १० गते साँझ खाना खाएर सुत्न गएपछि उनी परिवारबाट सम्पर्कविहीन छिन् । बिहिबार बिहानसम्म घरमा छोरी नदेखे पश्चात् परिवारले खोजी कार्यका लागि प्रहरीमा सोही दिन निवेदन दिएको छ ।

परिवारले बेपत्ता पारिएको शंका सहित प्रहरीमा खबर गरेका थिए । दिव्याका आफन्तले उनलाई सम्पर्कविहीन पारिएको सम्भावना रहेका बताएका छन् । उनले भने, ‘छोरीलाई सम्पर्कविहीन पारिएको शंकामा १ जनाको नाम बताएका छौं, प्रहरीले शंकास्पद व्यक्तिलाई सोधपुछका लागि भोलि बुधबार प्रहरी कार्यालय बोलाएका छन् ।’

साथै उनले दिव्यालाई कहीं कतै देखेको खण्डमा वा देख्नेले खबर गरिदिन अनुरोध समेत गरे ।

उनको खोजी कार्यमा तनहुँ प्रहरी पनि खटिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका निमित्त सूचना अधिकारी शिवराज क्षेत्रीले सूचना आएलगत्तै तत्काल अनुसन्धानमा खटिएको बताए । उनले भने, ‘शंकास्पद व्यक्तिलाई ल्याएर सोधखोज गरेका छौं । हराएका व्यक्ति अहिलेसम्म फेला पारेका छैनौं । हामी खोजी कार्यमा लागिपरेका छौं ।’

कमेन्टहरु
Loading...