पोखरा । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रशिक्षणमा प्रदेशको २ जिल्ला गरि थप १० जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये ९ जना कास्की जिल्लाका ९ जना रहेका छन् । सबै संक्रमित पोखरा महानगरपालिकाका रहेका छन् । त्यस्तै स्याङ्जा जिल्ला अजुर्नचौपारीमा थप १ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ९ सय ६७ पुगेको छ ।