धरान । महोत्तरीकी बर्दिबास नगरपालिका वडा नम्बर २ की २२ वर्षीय युवतीको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । आज बिहान २ बजेर ५० मिनेट जाँदा धरानको विपी कोइरोला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको ज्यान गएको हो । उनलाई मंसिर २ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
२०८२ आश्विन १८ गते शनिबार