होमस्टेको प्रर्वद्धन र पूर्वाधार विकास गर्दै प्रदेश सरकार

पोखरा । गण्डकी प्रदेश सरकारले होमस्टेको प्रर्वद्धन र पूर्वाधार विकासलाई प्राथमिकताका साथ अगाडी बढाएको छ ।

तनहुँको बन्दीपूर -४ विमल नगरको विमल नगर सामुदायिक होमस्टेमा होमस्टे अभिमुखिकरण तथा सम्झौता कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकार उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको होमस्टे पूर्वाधार विकास (२०७६/ ७७ ) कार्यक्रममा छनौटमा परेका ११७ वटा होमस्टे मध्य २७ वटा सामुदायिक होमस्टेका प्रतिनिधी र पर्यटन कार्यलयका प्रमुख पूरन गिरीद्धारा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रति होमस्टे दश लाखका दरले लागत स्टामेट अनुसार २०७७ मंसिर १५मा शुरु गरि २०७८ वैशाख ३० मा सम्पन्न गर्नुपर्ने सम्झौता पत्रमा उल्खेख छ ।

होमस्टे एशोसियन नेपाल गण्डकी प्रदेशका अध्यक्ष हरिलाल पौडेलले होमस्टेमा अनुदान कार्यक्रमले निरन्तरता पाउनु पाउनुको पछाडी होमस्टे संचालकहरुको इमान्दारीता तथा गण्डकी प्रदेश सरकारका मूख्य मन्त्री पृथ्वी सुब्वा गुरङ्ग र पर्यटन मन्त्री माननिय विकास लम्सालको ग्रामिण पर्यटन प्रतिको सकरात्मक सोचको महत्वपूर्ण भूमिका रहेको बताए ।

मनाङ्गका २ वटा लम्‌जुङ्गका १० वटा र गोरखाका १५ गरि २७ वटा होमस्टेहरूको उपस्थिती रहेको उक्त कार्यक्रममा उप स्थित होमस्टेहरू मध्य २१ वटा होमस्टे आफूहरूको छाता संगठन होमस्टे एशोसियसनमा आवद्ध भएका छन्‌।

त्यस्तै शुक्रवार नै स्याङ्जाको सुन्तलावारि सामुदायिक होमस्टेमा पर्बतका ५ र स्याङ्जाका १५ गरि २० वटा होमस्टेहरूसँग परि सम्झौता सम्पन्न भएको छ ।

वाँकी रहेका तनहुँको विमल नगर सामुदायीक होमस्टे र बागलुङ्गको अथिती सत्कार होमस्टेसंग शनिवार सम्झौता हुँदैछ ।

यसअघि प्रदेश सरकारले कास्कीको पचभैया होमस्टेसंग सम्झौता गरिसकेको छ ।

कमेन्टहरु
Loading...