दाङ । दाङमा गोली लागेको अवस्थामा एक जना घाइते फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर गम्भीर घाइते भएको अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार पौडेलको ढाडमा ३ वटा र दाहिने खुट्टाको तीघ्रामा थप २ वटा गोली लागेको छ। पौडेल बुधबार राति साढे ९ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ लमही नगरपालिका वडा नम्बर ९ च्याउ खोलामा गोली लागेको अवस्थामा फेला परेको प्रहरी ले जानकारी दिएका छन् ।
घाइतेको बाँकेको नेपालगञ्ज नरसिंह होममा उपचार भइरहकेको छ। पौडेललाई कसले गोली हानेको हो भन्ने खुलेको छैन। उनी वन्यजन्तु शिकार गर्न भनेर गएको हुन सक्ने आशंका पनि गरिएको छ।