बसाई सरेर आउने सिकारी चराको संख्या बृद्धि

गोकुल बानियाँ /पोखरा २४ मंसिर । नेपालमा बसाई सरेर आउने सिकारी चराको संख्या बढेको छ । अघिल्लो बर्ष भन्दा बिभिन्न मुलुकबाट नेपालको बाटो भएर बसाई सर्ने सिकारी चराको संख्यामा बृद्धि भएको हो । कास्कीको काडे र मुस्ताङको कालिगण्डकी उपत्यका भएर बसाई सर्ने सिकारी चराको संख्या अघिल्लो बर्ष भन्दा ३७ सय बढेको चरा गणनामा संलग्नहरुले बताएका छन् । गत १५ सेप्टेम्बर देखि डिसेम्बर ८ सम्म ८५ दिन लगाएर गरिएको गणनामा १३ हजार ४ सय ८५ सिकारी चरा कास्कीको काडे क्षेत्र भएर बसाई सरेको चराबिद् तुलसी सुबेदीले बताए ।
2यो संख्या गत बर्षको भन्दा ३ हजार ७ सय ३१ बढी हो ।  गत बर्ष सन् २०१२ को सेप्टेम्बर १५ देखि डिसेम्बर ४ सम्म ८० दिन लगाएर गरिएको गणनामा ९ हजार ७ सय ५४ चरा सोही बाटो भएर बसाई सरेका थिए । यो बर्ष संख्या संगै चराको प्रजाति पनि बढेका छन् । गत बर्ष २० प्रजातिका चरा देखिएपनि यो पटक १५ प्रजाति बढी अर्थात् ३५ प्रजातिका चरा काडे क्षेत्र हुदै बसाई सरेका छन् ।

बसाई सरेर आउने सिकारी चरा मध्य महाचिलको संख्या बढी छ । अघिल्लो बर्ष ६ हजार ७ सय ९७ महाचिलको गणना भएकोमा यो पटक १८ सय ८७ बढेका छन् । गणना भएका मध्य ४ हजार ९ सय ६७ अर्थात् ५७ प्रतिशतको मात्र उमेरहद छुट्याउन सकिएको चराबिद् सुबेदीले बताए । उनका अनुसार १९ दशमलब ४ प्रतिशत बच्चाअबस्था, ३६ दशमलब ६ प्रतिबत अल्प बयस्क र ४४ प्रतिशत बयस्क महाचिल बसाई सराईको क्रममा गणनामा परेका छन् । 9

तथ्याङक अनुसार बिश्वमा ३ सय ३८ प्रजातिका सिकारी चरा रहेकोमा २ सय २ प्रजातिका रैथाने, २२ प्रजातिका पूर्ण बसाई सराई गर्ने, एक सय ४ प्रजातिका आंशिक बसाईसराई गर्ने सिकारी चराहरु छन् । जसमध्य ७६ प्रजातिका सिकारी चरा खानाको खोजीमा बसाई सर्ने गरेका छन् । नेपालमा ६० प्रजातिका मांशहारी अर्थात् सिकारी चरा पाईन्छ जसमध्य ४० प्रजातिका बसाई सराई गर्छन् भने २० प्रतिशत रैथाने चराहरु छन् ।
सिकारी चराले बर्षमा एक पटक निश्चित समयमा निश्चित बाटो भएर बसाई सर्ने गरेको यस क्षेत्रका बिज्ञहरुले बताएका छन् । संसारका अन्य मुलुकमा उत्तर भएर दक्षिणतर्फ बसाई सर्ने सिकारी चराहरु नेपालमा भने बसाई सराईको लागि पूर्बबाट पश्चिमतर्फको बाटा रोज्ने गरेका छन् । आहारको खोजी, मौषम अनुकुलता र पं्रजननको लागि सिकारी चराहरु बसाई सर्ने गरेको अध्ययनले देखाएको छ ।

सिकारी चराहरु नेपालमा कास्कीको काडे र मुस्ताङको कालिगण्डकी उपत्यका दुई वटा बाटो भएर तिब्बत, मंगोलिया,दक्षिण भारत, दक्षिण अफ्रिका, मंगोलिया, पूर्बि रसिया लगायतको क्षेत्रमा बसाइ सर्ने गरेको सुबेदीले बताएका छन् । नेपालको बाटो भएर बसाई सर्ने भएपनि सिकारी चराहरुले नेपालमा समय भने नखर्चिने चरा बिद्हरुको ठम्याई छ ।

सुबेदीले दुई बर्ष अघि देखि सिकारी चराको गणना सुरु गरेका हुन् । चरा गणनामा सुबेदी संगै सुर्य गुरुङ र सन्देश गुरुङको पनि सहभागि रहेका थियो । गणनाको क्रममा अमेरिका, जर्मनी, स्विडेन, फिनल्याण्ड, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका लगायतका देशका ४३ अन्तराष्ट्रिय अबलोकन कर्ताहरु आएको बताईएको छ । सिकारी चरा गणनाको लागि सुबेदीको टोलिलाई राष्ट्रिय सिकारी चरा कोष बेलायत र नागायो फाउण्डेसन जापानले आर्थिक सहयोग गरेका थिए ।

कमेन्टहरु
Loading...