दोलखाको भीनसेन मन्दिरको शीलामा दायाँ र बायाँ भागबाट नै पसिना आयो

काठमाडौं । दोलखाको भीमसेन मन्दिरका देवतालाई पसिना आएको छ । उक्त मन्दिरको देवतालाई पसिना आएको यो १८ औं पटक हो । आज दिउँसो २ बजेबाट भीमेश्वर मन्दिरको शीलामा दायाँबायाँ दुवै भागबाट लगातार पसिना आइरहेको बताइएको छ । भीमसेन मन्दिरमा भएको देवतालाई पसिना आउँदा देशमा अशुव वा अनिस्ट हुने विश्वास रहँदै आएको छ ।

उक्त मन्दिरको शीलामा दायाँपट्टिबाट पसिना आउँदा राजा पक्षलाई अनिष्ट हुने जनविश्वास रहेको छ । त्यस्तै बायाँपट्टिबाट पसिना आउँदा भने नागरिकहरुलाई अनिष्ट हुने विश्वास रहेको छ ।

उक्त मन्दिरमा रहेको देवतालाई योभन्दा अगाडि २०७६ फागुनको ८ गते पसिना आएको थियो । त्यसपश्चात नै देशमा कोरोना महामारी फैलिएको जनविश्वस रहेको छ । मन्दिरको शीलामा दुवैतर्फबाट पसिना आएपछि क्षमा पुजा गरिएको छ ।

गत वर्षको चैत्रदेखि नेपालमा लकडाउन भएपछि उक्त मन्दिर समेत बन्द थियो । लकडाउनको १ सय १५ दिनपछि नियमित पुजाका लागि १ हप्ताका लागि मन्दिर खुल्ला गरिएको थियो । खुला भएको १ हप्तापछि नै मन्दिर सर्वसाधारणका लागि समेत बन्द थियो ।

यस आगाडि १९९० को भुकम्प जानुभन्दा डढे महिला अगाडि, दरबार हत्याकाण्ड हुनुभन्दा डेढ महिला अगाडि तथा २०६२÷६३ को जनआन्दोलनको समयमा १ महिला अगाडि उक्त मन्दिरको शीलामा पसिना आएको थियो ।

कमेन्टहरु
Loading...