लोकदोहोरी गीत ‘सुनको भाउ तोलमा’ प्रियंकाको अभिनय

काठमाडौं । चर्चित गायिका राधिका हमाल र कुल बहादुर ओलीको स्वरमा रहेको गीत सुनको भाउ तोलामाको भिडियो सार्वजनिक भएको छ ।

विरवल ढकालको शब्द र संगीत रहेको गितको भिडियोलाई म्युजिक मस्ती नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

भिडियो मोडल प्रियंका नेपाली र गायक वलीले अभिनय गरेका छन् ।

प्रियंका पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त बन्दै आइरहेकी मोडल हुन् ।

थुप्रै चर्चित गितमा अभिनय र नृत्य गरेकी उनले देश तथा विदेशका कार्यक्रममा समेत आफ्नो प्रस्तुती दिइसकेकी छन् ।

 

कमेन्टहरु
Loading...