काठमाडौं । भारतिय कमेडियन भारती सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
बलिउडमा ‘ड्रग कनेक्सन’ बारे अनुसन्धान गरिरहेको एनसीबीले उनलाई शनिवार घरबाट पक्राउ गरेको हो ।
एनसीबीले शनिवार उनको घरमा छापामर्दा ८६.५ ग्राम गाँजा फेला परेको थियो।
भारती र उनका श्रीमान हर्स लिमबाछिया माथी अनुसन्धानका लागी सोधपुछ गर्दा गाँजा लिएको स्वीकार गरेको बताइएको छ।