गण्डकी प्रदेशमा थप ११ जनालाई कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणका क्रममा प्रदेशमा थप ११ जनालाई संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु गोरखाका ४ जना, लमजुङका १ तथा नवलपरासीका ६ जना रहेका छन् । संक्रमितहरुको चितवन मेडिकल कलेजको फिभर क्लिनिकबाट पहिचान भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ७ सय ३६ पुगेको छ ।

कमेन्टहरु
Loading...