पोखरा । पोखराबाट तनहुँको मानहुँकोट जाँदै गरेको हायस माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीय सुनिता गुरुङको मृत्यु भएको हो ।
ग १ ख २९४२ नम्बरको माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खसेको हो ।