पोखरा । पोखरामा थप १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १३ जनालाई संक्रमण पुष्टि भएको हो ।
२९ वर्षीय १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी पोखराको कुन स्थानका हुन् भन्ने खुलेको छैन ।
पोखरा महानगरपालिका वडा नम्बर ४ का ५ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ४१ वर्षीय १ जना महिला तथा २५, २९, ३५ र ६४ वर्षीय ४ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ७ का ३१ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
८ नम्बर वडाका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४१ वर्षीय १ जना महिला तथा ८ वर्षीय बालक र १९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १३ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ५५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १४ का २४ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।
१५ नम्बर वडाका ७० वर्षीय १ जना वृद्धलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज दिउँसोको तथ्यांक अनुसार पोखरामा १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै आज पोखरामा ३२ जनालाई संक्रमण पुष्टि भएको छ ।
यस्तै तनहुँमा थप ३ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको भीमाद २ का २९ वर्षीय १ जना पुरुष तथा शुक्लागण्डकी ७ का ३५ वर्षी महिला र ८ का २९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ३ सय ३० पुगेको छ ।