पोखरा । गण्डकी प्रदेशमा थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवनको चितवन मेडिकल कलेज तथा भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा गण्डकी प्रदेशका थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु नवलपरासीको कावासोती, गैंडाकोट तथा देवचुलीका ७ जना तथा बाग्लुङका १ जना रहेका छन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ३ सय १४ पुगेको छ ।