लागुऔषध सहितपक्राउ

नवलपरासी । इलाका प्रहरी कार्यालय दुम्कीबासले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ । विनयी त्रिवेणी गाउँपालिका–१ होङ्सी जाने गेट नजिकैबाट सोमबार प्रहरीले लागुऔषधसहित तनहुँ जिल्ला भानु नगरपालिका–१ का २२ वर्षीय अर्जुन परियारलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले डाइजापाम २०५ एम्पुल, फेनारगन १८७ एम्पुल र नुर्फिन २०४ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी तामाङले बताए । पक्राउ परेका परियारलाई लागुऔषध तथा नियन्त्रण ऐन, २०३३ बमोजिम कसुरअन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...