वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा १२ वर्षका बालकको घटनास्थलमै ज्यान गएको छ । वीरगञ्ज २७ जसौलीमा भएको ट्रयाक्टर दुर्घटनामा पर्साको बहुदरमाइ नगरपालिका ३ नगरदाहाका १२ वर्षका बालक विवेक यादवको ज्यान गएको हो।
लु ३ त ६४६ नम्बरको ट्रयाक्टरमा बसेर आउँदै गरेको बेला जसौलीस्थित पुलबाट अनियन्त्रित भइ दुर्घटना भएको थियो। दुर्घटनामा यादवको घटनास्थलमै निधन भएको स्थानीय रामजी यादवले जानकारी दिए । चालक भने दुर्घटना पछि फरार भएका छन्।