गण्डकी प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य ६ जना पोखरा महानगरपालिकाका रहेका छन् ।
स्वास्थ्य निर्देशनालयको पछिल्लो अपडेट अनुसार महानगरका वडा नं ११ मा दुइ , ५ र १० मा एक एक जना संक्रमित थपिएका छन् भने अन्य दुइ जना संक्रमितको वडा खुलाइएको छैन ।
यस्तै बाग्लुङ १ जना, पर्वत २ जना, स्याङजा १ जना र नवलपरासी पूर्वमा ४७ जना थपिएका छन् । थपिएका सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परिक्षणमा संक्रमण देखिएको हो ।